किन जाग्नु पर्छ त हामी ?

सुन्दर, बहुमुल्य रत्नले कसलाई प्रभावित नगर्ला ? त्यस्तै, यो संसारमा  हावा कसलाई प्राणप्रिय नहोला ? तिर्खाएर शिथिल भएको व्यक्तिको मुखमा एक थोपा मात्र जल पर्‍यो भने पनि शक्ति संचार हुन्छ । हावा र पानीजस्तै मुल्यवान कुरा केहि  छ र यो जीवनमा ? अनि सुन्दर प्रकृतिलाई नियाल्दा आउने आनन्द वर्णन गर्न सकिन्न । के प्रकृतिभन्दा आनन्ददायक  कुनै आयाम होला यो जगतमा ? 

समुद्रभित्र बहुमुल्य रत्न खोज्न धेरै समय र धैर्यता खर्चनु पर्छ । अध्यात्मको भूमिका हाम्रो जीवनमा चम्किलो रत्नभन्दा पनि अहम छ । हावाझैं अध्यात्म देख्न नसकिने कुरा हो, तर यसको स्पर्श हामी सजिलै महशुस गर्न सक्छौँ । त्यस्तै अध्यात्मिक दर्शनले मृतप्राय व्यक्तिको तन, मन र विचारमा पनि नयाँँ उर्जा ल्याउँदछ । अध्यात्मिक आनन्द प्रकृतीले दिने आनन्दभन्दा सयौं गुणा धेरै हुन्छ । 

मानिसमा म को हुँ ? भन्ने प्रश्नको आगमन भए पश्चात् अध्यात्मिकता भित्रन्छ । अध्यात्म आत्माको अनुसन्धान र निरीक्षण  गर्ने विज्ञान हो । एकाग्रता, तत्परता, इमान्दारिता र समर्पण सगँसगैँ हामीमा अध्यात्म भित्रन्छ । अध्यात्म भनेको अनुभूति गर्ने कुरा हो,आफ्नो अध्ययन गर्नु हो । अध्यात्म कुनै देवताको पूजन होइन, कुनै धर्म होइन। अध्यात्म मानव मन मस्तिष्कको चेतना हो, ज्ञात हो र अनुभव हो जस्ले शरीर र आत्मा बिचको फरक दर्शाउँछ ।

भगवानप्रति आस्था नराख्ने व्यक्तिले कदापी अध्यात्मिक जागरणको परिवेश बुझ्दैन अथवा भगवानमा विश्वास दर्शाउनेहरू पनि अध्यात्मसगैँ परिचालित हुन्छन् भन्ने छैन किनकी अध्यात्मले धार्मिक पक्षसँग सम्बन्ध राख्दैन । सांसारिक स्वार्थ, काम, क्रोध, लोभ र मोहको परित्याग र परिस्थितिलाई स्विकार्दै आत्म सन्तुष्टिको चरम बिन्दू प्रस्तान अनि व्यक्तिगत सचेतना जागेसगैँ हामीमा अध्यात्मिकता भित्रन्छ ।

अध्यात्मिक जागरण आफैँलाई चिन्नको लागि हो। भावनात्मक रुपले तन्दुरुस्त रहनका लागि हो, जीवनको आरोग्य र सुखी प्राप्तिका लागि हो । सांसारिक विषयवस्तुले क्षणिक आनन्द त दिन्छ तर आत्मसन्तुष्टि कदापि दिन सक्दैन । आत्मसन्तुष्टिका लागि अध्यात्मिक जागरण आवश्यक छ ।

अध्यात्म सजिलो पक्ष होइन, अध्यात्म सङ्घर्ष हो तर खोजमा लाग्ने हो भने अप्ठ्यारो छैन । अध्यात्मिक जागरण आफैँबाट सुरु गर्नु पर्छ। जो कोहिले पनि यो बाटो पछ्‌याउन सक्दैन । आफ्नो सोच र भावनामा एकाग्रता र धैर्य जारी राखि शाश्वत शान्तिको सुक्ष्म अनुभूति प्राप्त गर्नु ठुलो जीत हो। दिनहुँ आफ्नो मानसिक स्वास्थप्रति सजक रहि सिर्फ केही मिनेटको आफ्नै श्वासप्रतिको सजगता र लगावद्वारा नै अध्यात्मिक जागरण हुन्छ। जस्को प्रमुख ध्येय भनेको आत्मासँग परमात्माको मिलन गराउनु हो, स्वाभिमान, स्वाधिनता र बौद्धिकता उजागर गर्नु हो र आफूले आफैंलाई चिनाउनु हो।

Kopila Dhungana Written by:

Born to explore words.

4.5 6 votes
Article Rating
5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Uttam Rimal
Uttam Rimal
5 years ago

अध्यात्म जीवनको मार्गदर्शन हो । निकै नै राम्रो लेख 💚
यस्तै यस्तै राम्रो लेखिरनु है !!

Manoj Upreti
Manoj Upreti
5 years ago

Great one. Keep it up. Go on spreading your knowledge.spirituality is the key factor for living

Sneha Rani Sah
Sneha Rani Sah
5 years ago

Super 💓 thinking
I am feeling greatfull to read this all
Truly speaking, my some of the confusing questions answers I found in this page
Thank you 😊❣️ alot ❤️❤️

Rasil Adhikari
Rasil Adhikari
5 years ago

This is beautiful. Open up your soul and keep writing such amazing articles.
Good Luck 💙

Gopal Khatiwada
Gopal Khatiwada
5 years ago

So much khowlegde i have been learning from your articles… I hope to learn more form you..