Phohor Byawasthapan ra Garibi Niwaran

 650.00

10 in stock

Category: Tag:

Description

उपत्यकाको सदाबहार समस्या हो फोहोर मैला व्यवस्थापन। पर्यावरणीयदेखि राजनीतिक दृष्टिकोणमा समेत पेचिलो रहेको यो विषयवस्तुलाई ई. शशिबहादुर थापाज्यूको हालै प्रकाशित पुस्तक “फोहोर व्यवस्थापन र गरिबी निवारण” उपत्यका मत्र होइन पूरै नेपालको लागि एउटा सुनौलो अवसर र उत्प्रेरणाको रूपमा प्रस्तुत गर्नुभएको छ। लेखक फोहोरमैलासम्बन्धि लामो अध्ययन र  अनुभव बटुल्नुभएका सम्मानित बिज्ञ हुनुहुन्छ।
भुइँतहमा धेरै अध्ययन, अनुसन्धान र अरु बिद्वानहरूसंग विस्तृत परामर्शपश्चात यो पुस्तक पस्किएको हो। फोहोरलाई व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरमा कसरी व्यवस्थापन गर्ने भन्ने प्रेरणा दिने मात्र होइन, यो पुस्तकले फोहोरलाई हाम्रो गरिबी समाधानको एउटा उपायको रूपमा उजागर गरेको छ। Zero waste को अवधारणामा फोहोरलाई व्यवसायको रूपमा अँगाल्दा हाम्रो पर्यावरण उकासिने मात्र नभई वार्षिक झण्डै ६ अर्ब आम्दानीको श्रोत हुनसक्छ। डेढ लाख व्यक्तिलाई प्रत्यक्ष रूपमा र आधा लाख अप्रत्यक्ष रोजगारी दिन सक्ने यो व्यवसाय के कसरी गर्न सकिन्छ पुस्तकले विस्तृत तवरले चर्चा गरेको छ।
सचित्र, सरल अनि संवाद शैलीमा लेखिएको यो पुस्तक गुणस्तरीय हुँदाहुँदै सुपथ पनि छ। निसंदेह, यो पुस्तक परिवार, विद्यार्थी, प्राविधिक, व्यवसायी, स्थानिय निकाय अनि सरोकारवाला सबैलाई उत्तिकै उपयोगी सिद्ध हुन सक्छ।

Additional information

Author

Shashi Bahadur Thapa

Category

,

Format

Paperback

Language

Nepali

Pages

400

Reviews

There are no reviews yet.

Be the first to review “Phohor Byawasthapan ra Garibi Niwaran”