जिउने क्रममा डर नै हाम्रो हर क्षणको साथी हुन्छ । तर के हामी त्यसलाई साथी जस्तै व्यवहार गर्छौं त ?
Category: Reflection
हामी भोलिका तानाबाना बुनेर सपनाका महल चुल्याउँछौँ र वाचाबन्धनका बत्ती बालेर तिनलाई झलमल्ल पार्छौं । जब समयको हावा विपरित दिशातिर चल्न थाल्छ, हाम्रा सपनाका महलहरू गल्र्यामगुर्लुम ढल्छन् ।